मनोरन्जन

भ्यालेन्टाईनमा गीतकार अधिकारीको ‘तिम्रो प्रित’ सार्वजनिक(भिडियो)

Lumbinikhabar Online

भ्यालेन्टाइन्स् डे को अवसर पारेर गीतकार युवराज अधिकारीको नयाँ कोशेली सार्वजनिक भएको छ ।  अधिकारीको शब्द रचना हरेको ‘तिम्रो प्रीत’ गीतको भिडियो शुक्रबार सार्वजनिक भएको हो । गीतकार अधिकारी नेपाल वायुसेवा निगमका  कार्यकारी अध्यक्ष समेत हुन् । गीतकार अधिकारी रचित यस अघिका गीतहरुले अवार्ड समेत हात पार्न सफल भएको थियो ।

सुरजकुमार थापाको स्वर रहेको गीतमा संगीत संयोजन र एरेन्ज पनि थापाकै रहेको छ । थापाको युट्युब च्यालनमा सार्वजनिक भएको गीतको भिडियोमा एक प्रेमिल जोडीको समधुर प्रेम सम्बन्धलाई प्रस्तुत गरिएको छ ।

सुरजकुमार थापा र निहारिका थापाको अभिनय रहेको भिडियोलाई सविन गोदारले खिचेका हुन् । भिडियोको सम्पादन, रङ संयोजन र निर्देश राजकुमारले गरेका हुन् ।

Tags

छुटाउनु भयो कि ?