नेपाल आयल निगमले पेट्रोलको भाउ बढाएको छ भने डिजेल/मट्टीतेलको मूल्य घटाएको छ ।
इण्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्यसूचीअनुसार निगमले पेट्रोल लिटरमा १ रुपैयाँ र डिजेल/मट्टीतेलमा ४ रुपैयाँले घटाएको हो ।
अब उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ६८ रुपैयाँ पर्नेछ । डिजेल/मट्टीतेल प्रतिलिटर १ सय ५६ रुपैयाँ पर्नेछ ।
नयाँ मूल्य शनिबार राति १२ बजेपछि लागू हुनेछ ।