टप खबर

सरकारले ल्याएको अध्यादेश पारित गर्न नदिन पहल ग​र्यौ: माधवकुमार नेपाल

Lumbinikhabar Online

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सरकारले ल्याएको अध्यादेश नेकपा (एकीकृत समाजवादी) ले पारित गर्न नदिएको बताउनुभएको छ ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले प्रधानमन्त्री केपी शर्मा ओली सरकारले ल्याएको अध्यादेश थन्क्याउने काम आफ्नो पार्टीले गरेको भन्दै यसबारे हेक्का राख्न चुनौति दिनुभयो ।

उहाँले आफ्नै पहलमा नेकपा (माओवादी केन्द्र) सँग छलफल गरी अन्य राजनीतिक दलहरुलाई बोलाएर पारित गर्न नदिन पहल गरिएको बताउनुभयो । अहिले पनि संसद भंग गर्न प्रयत्न भइरहेको बताउनुभयो ।

अध्यक्ष नेपालले नेकपा एमाले केपी बाको पार्टी भएको बताउनुभयो । एमालेले कम्युनिष्ट पार्टीको चरित्र गुमाएको आरोप लगाउनुभयो । एमाले पार्टीको रुपमा नचलेको पनि बताउनुभयो ।

Tags

छुटाउनु भयो कि ?