नेता झलनाथ खनालले २०८४ सालमा बहुमत ल्याउनेगरी कांग्रेसले तयारी गरिरहेको बताउनुभएको छ ।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै झलनाथ खनालले यस्तो बताउनुभएको हो ।
नेता खनालले ०८४ आउँदै गरेको भन्दै कांग्रेसले ०८४ को निर्वाचनका लागि राम्रो तयारी गरिरहेको बताउनुभयो । उहाँले कांग्रेस यही ढाँचाबाट अघि बढे बहुमत ल्याउने सम्भावना रहेको बताउनुभयो । उहाँले यही अवस्थाले एमाले एक्लै बहुमत ल्याउँछु भनेर हिँडे एमाले दुर्घटनामा पर्ने टिप्पणी गर्नुभयो ।
नेता खनालले देशको निम्ति हित गरेर अघि बढ्ने हो भने नेपालका वामपन्थीहरुले पुनरावलोकन गर्नु आवश्यक रहेको बताउनुभयो । देशका सबै वामपन्थी एक हुनुपर्ने बताउनुभयो ।
पूर्वप्रधानमन्त्री खनालले रेमिट्यान्सबाट देश चलेको छ भनेर घमण्ड गर्नेकुरा भ्यागुते घमण्ड भएको बताउनुभयो । उहाँले नेकपा (माओवादी केन्द्र)ले दक्षिणपन्थी बाटो अंगालेको बताउनुभयो । नेकपा (एकीकृत समाजवादी)ले पनि सोहीबाटो बिराएको बताउनुभयो । कांग्रेसको पुच्छर भएर माओवादी र एकीकृत समाजवादी हिँडेको बताउनुभयो ।