टप खबर

पार्टीभित्रको व्यक्तिवादको समस्या रूपान्तरण अभियानले हटाउँछ : नारायणकाजी श्रेष्ठ

Lumbinikhabar Online

नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पार्टीभित्रको गुट उपगुट तथा व्यक्तिवादको समस्या रूपान्तरण अभियानबाट हल गर्ने बताएका छन् ।

प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति चितवनले आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा वरिष्ठ उपाध्यक्ष श्रेष्ठले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’कै नेतृत्वमा पार्टीलाई रूपान्तरण र एकताबद्ध ढङ्गले अघि बढाउन सकिने बताए ।

उनले माओवादी केन्द्रलाई बलियो बनाउँदै देशको आर्थिक समृद्धि र विकासको प्रक्रियामा फड्को मार्न सकिने उल्लेख गरे ।  श्रेष्ठले सरकारको टिका टिप्पणी गरेर समय खेर नफाल्न आग्रह गरे ।

Tags

छुटाउनु भयो कि ?