टप खबर

इजरायलले युद्ध विरामको मापदण्ड उल्लङ्घन ग​रेको भ​न्दै बन्दी रिहाइको प्रक्रिया रोक्ने हमासको चेतावनी

Lumbinikhabar Online

इजरायलले युद्ध विरामको मापदण्ड उल्लङ्घन गरेको आरोप लगाउँदै हमासको सैन्य विभागका प्रवक्ताले तत्कालका लागि बन्दी रिहाइ प्रक्रिया रोक्ने चेतावनी दिएका छन्। शनिबार हमासले तीन बन्दी छाड्ने कार्यक्रम तय भइसकेको थियो।

हमासका प्रवक्ता अबु देबाइले जारी गरेको विज्ञप्तिमा गाजामा विस्थापित भएकालाई फर्कन अवरोध सिर्जना गरिएको, मानिसमाथि आतङ्क फैलाइएको र आक्रमण गरिएको जनाएको छ। यो शैलीलाई हमासले युद्ध विराम उलंघन मानेको छ।

इजरायली रक्षा मन्त्रीले यो युद्ध विरामको पूर्ण उल्लङ्घन भएको बताएका छन्। रक्षामन्त्री इजरायल काट्जले गाजमा कुनै पनि सम्भाव्य दुर्घटनालाई ध्यानमा राख्दै त्यहाँको समुदायको सुरक्षाका लागि इजरायली डिफेन्स फोर्स (आइडिएफ)लाई अलर्ट राख्न भनेका छन्।

हमासको सो घोषणाले अहिले सर्वत्र आक्रोश फैलाएको छ। राष्ट्र सङ्घका प्रवक्ता फरहान हकले युद्धरामको पालनामा ढिलाइ हुनु गम्भीर भएको बताउँदै सबै पक्षले विगतमा गरेको सहमति कार्यान्वयन गर्नुपर्ने कुरामा जोड दिएका छन्।

Tags

छुटाउनु भयो कि ?