टप खबर

सामाजिक सञ्जाल सम्बन्धी विधेयक परिमार्जन गरेर मात्रै पारित हुन्छ : विश्वप्रकाश शर्मा

Lumbinikhabar Online

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सामाजिक सञ्जाल सम्बन्धी विधेयक आवश्यक संवाद र परिमार्जन गरेर मात्रै संसदबाट पारित गर्ने बताउनुभएको छ ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री शर्माले ‘सरकार र सामाजिक सञ्जाल दुवैको शैली बदल्न जरुरी रहेको बताउनुभयो । उहाँले सामाजिक सञ्जालको प्रयोगकर्ताहरुले पनि यसको प्रयोग गरिरहँदा राख्नुपर्ने मर्यादको सन्दर्भमा गम्भीर बहसमार्फत परिमार्जन गर्न जरुरी रहेको उल्लेख गर्नुभयो ।

महामन्त्री शर्माले सामाजिक सञ्जाल भनेको संसद बाहिरको संसद भएको बताउनुभयो । उहाँले शासन प्रणाली बदलिएको भएपनि शासनको शैली अझै बदल्न नसकेको बताउनुभयो । उहाँले विधेयकमाथि सरोकारवालाहरुसँग छलफल र बहस गरेर मात्रै ल्याउनुपर्नेमा सरकारमै रहेको नेपाली कांग्रेससँग पनि पर्याप्त छलफल नभएको बताउनुभयो ।

महामन्त्री शर्माले प्रतिनिधि चुनिएका व्यक्तिहरुले नै लोकतन्त्रलाई हनन गरेको उदाहरण कतिपय ठाउँमा रहेको भन्दै यसमा गम्भीर बन्नुपर्ने बताउनुभयो ।

Tags

छुटाउनु भयो कि ?