• २०८२ साउन ०५, आइतबार ( )
खेलकुद

स्पेनिस ला लिगा: एम्बाप्पे को गोलबाट जोगियो रियल म्याड्रिड

Lumbinikhabar Online

शनिबार भएको स्पेनिस ला लिगाको तनावपूर्ण म्याड्रिड डर्बी बराबरीमा सकिएको छ।

रियल म्याड्रिडलाई हारबाट जोगाउने क्रममा स्टार खेलाडी केलिएन एम्बाप्पेले गोल गरे। खेलको ३५ औँ मिनेटमा जुलियन अल्भारेजले पेनाल्टीमा गोल गर्दै एट्लेटिको म्याड्रिडलाई अग्रता दिलाएका थिए।

दोस्रो हाफको पाँचौँ मिनेटमा जुड बेलिङघमको प्रहार रिबाउन्ड भएर आफ्नो अघि आइ पुगेपछि एम्बाप्पेले गोल गरेका थिए। दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गरेको बेलिङघमको एक प्रहार क्रस बारमा लागेको थियो भने एक प्रहार विपक्षी गोल रक्षक जान ओबलाले बचाएका थिए।

बराबरीले तालिकामा रियल एट्लेटिकोलाई एक अङ्कले पछि पार्दै अग्रता कायम राख्न सफल भएको छ।

स्पेनिस ला लिगाका शनिबार भएका अन्य खेलमा सेल्टा भिगोले रियल बेटिसलाई ३-२ ले हरायो। एथलेटिको क्लबले गिरोनालाई ३-० ले र भिल्लारियलले लास पल्मास

Tags

छुटाउनु भयो कि ?