टप खबर

पाठेघरको क्यान्सरलाई न्युनीकरण गर्न सबैले सहकार्य गर्न जरुरी: स्वास्थ्यमन्त्री प्रदीप पौडेल

Lumbinikhabar Online

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पाठेघरको क्यान्सरलाई न्युनीकरण गर्न सबैले सहकार्य गर्न जरुरी रहेको बताउनुभएको छ ।

मंगलवार काठमाडौंमा विश्व क्यान्सर दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले क्यान्सर निवारणका लागि धेरै कामहरु गर्न बाँकी रहेको बताउनुभयो ।

स्वास्थ्यमन्त्री पौडेलले उपचारात्मक र निरोधात्मक क्षेत्रमा धेरै काम गर्न जरुरी रहेको बताउनुभयो । उहाँले पाठेघरको क्यान्सरको समस्या ठूलो रहेको भन्दै यसलाई सबैको सहकार्यबाट न्युनीकरण गर्दै लैजानुपर्ने बताउनुभयो । क्यान्सर निवारणको तहमा पुग्नका लागि सबैले पहल गर्न जरुरी रहेको बताउनुभयो ।

मन्त्री पौडेलले भन्नुभयो, ‘आज पाठेघरको क्यान्सरबाट मेरो आमाहरु, मेरो दिदीहरु, मेरो समकक्षी साथीहरु थुप्रैको मृत्यु भएको छ । दिनमा ४ जनाको मृत्यु हुने तथ्यांक हामीसँग उपलब्ध छ । यो भनेको भयावह हो । यसलाई न्युनीकरण गर्दै निवारणको स्थितिमा पु¥याउन कसरी सकिन्छ, नेपालको लक्ष्य त्यो छ । निवारणको तहमा पु¥याउन सबैलै पहल गर्न जरुरी छ ।’

मन्त्री पौडेलले काम गर्ने चाहना भएपनि आवश्यक श्रोत, साधनको कमी रहेको भन्दै सहकार्य गरेको खण्डमा क्यान्सर न्युनीकरण गर्न सकिने उल्लेख गर्नुभयो ।

Tags

छुटाउनु भयो कि ?