टप खबर

सत्ता साझेदार दुई ठुला दलहरू कांग्रेस–एमाले मिल्दासम्म सरकारलाई केही हुँदैन: मन्त्री गुरुङ

Lumbinikhabar Online

नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सत्ता साझेदार दुई ठुला दलहरू नेपाली कांग्रेस र नेकपा (एमाले) मिल्दासम्म सरकारलाई केही नहुने बताएका छन् ।

विपक्षी दलहरूले सरकार लामो समय जाँदैन भनेर दिइरहेका अभिव्यक्तिप्रति लक्षित गर्दै उनले सो कुरा बताएका हुन् ।

सोमबार लमजुङको मर्स्याङदी गाउँपालिका –८ सिमलचौरमा निर्मित भूमिगत सिँचाइ आयोजनाको उदघाटन गर्दै सञ्चारमन्त्री गुरूङले अस्थिर सरकार बन्दा मुलुकको व्यवस्थामाथि नै प्रश्न उठेपछि दुई ठुला दलहरू मिल्नुपरेको बताए ।

‘प्रचण्डजीले सरकार ढल्छ भन्नेकुरा, माधवजीले भन्नेकुरा, अरू साना दलहरू रास्वपा, राप्रपाले भन्नेकुरा बेकारका हुन, मन्त्री गुरूङले भने, ‘झिङ्गाको श्रापले डिङ्गा मर्दैन भन्छन नि त्यस्तै हो । उहाँहरूले भन्दैमा सरकारलाई केही हुनेवाला छैन ।’

सञ्चारमन्त्री गुरूङले पुराना ऐन कानुन, भ्रष्टाचार, कुशासन, अस्थिरता आदि कारणले देश थिलोथिलो भएकाले वर्तमान सरकारले सही दिशामा ल्याउन लागेको बताए । सरकारले ६ महिनामा देशमा देखिएका विविध समस्या पहिचान गर्न सफल भएको र अध्यादेशमार्फत ऐन कानुन परिमार्जन गर्दै सुधार गर्न लागिएको बताए ।

मन्त्री गुरूङले जिल्लाका सबै घरहरूमा टेलिफोन सेवा, गाउँ–गाउँमा रहेका प्रहरी चौकीहरू र वडा कार्यालयमा इन्टरनेट सेवा पुर्‍याउने प्रतिबध्दता जनाएका छन् । ‘सञ्चारमन्त्री भएका नाताले म यति भन्छुकि तपाईंहरू सबैको घर–घरमा टेलिफोन सेवा दिनेछु । गाउँको प्रहरी चौकी र वडा कार्यालयमा इन्टरनेट पुगाएर डिजिटल सेवाको प्रबन्ध गर्छु, उनले भने ।

Tags

छुटाउनु भयो कि ?