• २०८२ असोज ०७, मंगलबार ( )
टप खबर

६ महिनामा भित्रियो ७ खर्ब ६३ अर्ब रेमिट्यान्स

Lumbinikhabar Online

चालु आर्थिक वर्षको ६ महिनामा विप्रेषण आप्रवाह ४.१ प्रतिशतले वृद्धि भएर ७६३ अर्ब ८ करोड पुगेको छ । अघिल्लो वर्षको यही अवधिमा विप्रेषण आप्रवाह २२.२ प्रतिशतले बढेको थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा विप्रेषण आप्रवाह १.१ प्रतिशतले वृद्धि भई ५ अर्ब ५८ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १९.५ प्रतिशतले बढेको थियो ।

त्यस्तै, २०८१ असार मसान्तमा २०४१ अर्ब १० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १३.५ प्रतिशतले वृद्धि भई २०८१ पुस मसान्तमा २३१६ अर्ब ८४ करोड पुगेको छ ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा २०८१ पुस मसान्तमा १०.३ प्रतिशतले वृद्धि भई १६ अर्ब ८४ करोड पुगेको नेपाल राष्ट्र बैंकद्वारा प्रकाशित प्रतिवेदनमा उल्लेख छ ।

Tags

छुटाउनु भयो कि ?