पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन पासाङ सक्रिय राजनीतिमा फर्किएकोमा खुशी व्यक्त गर्दै आवश्यकताले खोजी भए आफू पनि दलीय राजनीतिमा पुनः सक्रिय हुने बताएकी छन् ।
विराटनगरमा पत्रकारहरुसँग कुरा गर्दै पूर्वराष्ट्रपति भण्डारीले यसबारे बोलेकी हुन्् । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनलाई उनले नेकपा माओवादी केन्द्रको राजनीति फेरि थालेकोमा शुभेच्छा प्रकट गरिन् ।
‘उहाँ युवा हुनुहुन्छ, अनुभव छ। राजनीति गरेर आउनु भएको हो । म राष्ट्रपति, उहाँ उपराष्टपति भएर सात वर्ष सहकार्य गरेको हो । खुसी नै लागेको छ, मेरो शुभेच्छा छ’, पूर्वराष्ट्रपति भण्डारीले भनिन् ।
आफ्नो राजनीतिक सक्रियताबारे भने निर्णय गर्न बाँकी तर आवश्यकता परे आफू एमालेको राजनीतिमा फर्किने उनले बताईन ।