इजरायल र हमासको शान्ति सम्झौताअनुसार आज इजरायलले २०० प्यालेस्टाइनी कैदी मुक्त गरेको छ । त्यस्तै हमासले चार महिला बन्धकलाई छोडेको छ ।
हमासले छोडेका बन्धकहरु इजरायली रक्षा बलका चार महिला सैनिक हुन् । रुसी विश्व च्यानल आरटीका अनुसार बन्धकबाट छुटेकाहरु १९ र २० वर्षका छन् । १९ वर्षकी लिरी आल्बाग छिन् । बाँकी समान २० वर्षका करिना अरिब, दानिएले गिलबोआ र नामा लेभी छन् ।
हमासले छुटाएपछि उनीहरुलाई रेडक्रसको जिम्मा लगाएको छ । जिम्मा लगाइएकाहरु रेडक्रसको एम्बुलेन्सबाट इजरायलमा पुग्नेछन् । यी चार सैनिकको रिहाइपछि इजरायलले आफूसँग कैदमा रहेका दुई सय प्यालेस्टाइनलाई रिहा गर्ने तयारी गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।