टप खबर

त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बिमा पुनःसञ्चालनमा

Lumbinikhabar Online

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा स्वास्थ्य बिमा कार्यक्रम  पुनःसञ्चालनमा आएको छ ।

अन्तरङ्ग विभागमा भर्ना भएका बिरामीलाई उपलब्ध गराउँदै आएको स्वास्थ्य बिमा कार्यक्रम पुनः सुरू गरिएको अस्पतालले जनाएको छ ।

उक्त सेवा गत भदौ १२ गतेदेखि स्थगन गरिएकामा आजदेखि पुनः सञ्चालनमा आएको अस्पतालका प्रशासन प्रमुख सरस्वती गुरुङले जानकारी दिए ।

सम्पूर्ण विभाग÷वार्ड÷शाखा÷ओपिडी तथा एकाइमा अन्तरङ्ग सेवामा बिरामी भर्ना गर्दा यो सेवा लागू हुने सूचनामा उल्लेख छ ।

Tags

छुटाउनु भयो कि ?