प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोलिका दिनमा पनि नेपाली कांग्रेससँग सहकार्य हुनसक्ने बताएका छन्।
आइतबारदेखि सुरु भएको केन्द्रीय कमिटीको बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदनमा सो कुरा उल्लेख गरिएको छ। कांग्रेस र एमालेबीच २०७९ को चुनावमै सहकार्य गर्ने प्रयास विभिन्न कारणले सफल नभएको ओलीले स्वीकार गरेका छन्।
०७९ को चुनावपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन एमालेले साथ दिएको थियो। त्यसमा ओलीले आत्मसमीक्षा गरेका छन्।