नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले माओवादीको सपनाकै कारण जनता देशको मालिक बन्ने अवस्था सृजना भएको बताएका छन्।
विगतमा धर्मका नाममा शासन सत्ता चलाउने र हिन्दु धर्मअनुसार राजालाई विष्णुको अवतार मानेर उनलाई नै देशको मालिक मान्ने परम्परा रहेको स्मरण गर्दै पूर्वमन्त्री पुनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा जनता नै देशको मालिक हुने अवस्था सिर्जना भएको बताए।
रोल्पाको लुङ्ग्री गाउँपालिका वडा नम्बर ५को नवनिर्मित भवन उद्घाटन गर्दै नेता पुनले भने, ‘देशको मालिक जनता भएका छन्। हिजो राजा देशका मालिकका रूपमा गनिन्थे।
हिन्दु धर्मअनुसार राजालाई विष्णुको अवतारका रूपमा लिइन्थ्यो। अहिले जनयुद्ध र जनआन्दोलनका कारण देशमा जणतन्त्र आएको छ र जनता नै देशको मालिक हुन् भन्ने मान्यता स्थापना भएको छ।’