नेकपा एमालेले पूर्वउपाध्यक्ष डा. भीम रावललाई पार्टीको संगठित सदस्यबाट हटाएको छ । यससँगै एमालेसँग रावलको चार दशक लामो सहयात्रा पनि टुंगिएको छ।
एमालेको बुधबार बसेको सचिवालय बैठकले १० औँ महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीसँग भिडेका रावललाई पार्टीमा कुनै ठाउँ नरहने गरी संगठित सदस्यबाटै हटाएको हो ।
बैठकले रावललाई पार्टी सदस्यताबाट निष्काशित गर्ने निर्णय गरेको हो । पार्टीको केन्द्रीय सल्लाहाकार परिषद् सदस्य रहेका उनलाई संगठित सदस्यबाट हटाउने निर्णय भएको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले पत्रकारहरूलाई जानकारी दिए ।