पोखरामा मंसिर ९ देखि पुस १७ (२४ डिसेम्बर २०२४ देखि १ जनवरी २०२५) सम्म “बालून नेपाल, इन्टरनेशनल बलून फेस्टिभल २०२४” आयोजना हुँदैछ। नेपालको पहिलो अन्तर्राष्ट्रिय हवाई बेलुन महोत्सवलाई राष्ट्रिय गौरवको कार्यक्रमका रूपमा लिइएको छ।
यहाँ १० लाखभन्दा बढी आन्तरिक र अन्तर्राष्ट्रिय पर्यटक सहभागी हुनेछन्। यस महोत्सवले १ लाख ५० हजारभन्दा बढी दर्शक आकर्षित गर्ने अपेक्षा गरिएको छ, जसमा स्थानीय तथा अन्तर्राष्ट्रिय पर्यटक, ५०० भन्दा बढी अन्तर्राष्ट्रिय प्रतिनिधि, ४०+ पाइलट, ३०+ बेलुन, १० भन्दा बढी कलाकार, र २००+ स्टल समावेश छन्।
विशेष आकर्षणहरू:
- सूर्योदय र सूर्यास्त बेलुन उडान: पोखराको फेवाताल, अन्नपूर्ण हिमाल र वरिपरिका गाउँहरूको सुन्दर दृश्य।
- नाइट बेलुन ग्लो: बेलुनहरू रातको आकाशमा झिलिमिली गर्दै।
- आगो खेल (Fireworks): उद्घाटन, क्रिसमस इभ, नयाँ वर्षको इभ, र समापन समारोहमा।
- प्रत्यक्ष कन्सर्ट: दीपक बज्राचार्य लगायतका कलाकारद्वारा सांगीतिक प्रस्तुति।
- डिजे सेट: रातभर नाचगान।
- बेलुन दौड र खेलकुद: रमाइला प्रतियोगिता।
- स्थानीय तथा अन्तर्राष्ट्रिय प्रदर्शनी स्टल र फूड कोर्ट: हस्तकलादेखि स्वादिष्ट खाना।
- परिवारका लागि गतिविधि: टेदर्ड बेलुनिङ र नाइट क्याम्पिङ।
विशेष सहजीकरण:
- नि:शुल्क प्रवेश, शटल बस, फ्लाइट, र खेलहरू।
- ब्रान्ड एम्बासडर: राजेश हमाल र प्रियंका कार्की।
पोखरा न्यू इयर स्ट्रिट फेस्टिभलसँग समन्वय गरिएको यस महोत्सवले नेपाललाई अन्तर्राष्ट्रिय पर्यटनको केन्द्रका रूपमा चिनाउनेछ। गीता एभिएसनले बालून नेपालसँग सहकार्य गर्दै आधिकारिक इभेन्ट पार्टनरको रूपमा साथ दिएको छ।