नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सबाट खेलेका भारतीय चर्चित क्रिकेटर शिखर धवन सगरमाथा आधार शिविरक्षेत्रको भ्रमणपछि स्वदेश फर्किएका छन् ।
भारतीय राष्ट्रिय क्रिकेट टोलीका पूर्वओपनर धवन आइतबार हेलिकोप्टरबाट सगरमाथा आधार शिविर पुगेर केही समय बिताएपछि स्वदेश फर्किएका हुन् ।
सगरमाथा आधारशिविरको अवलोकनपछि शिखर धवन आइतबार साँझ एयर इन्डियाको जहाजमार्फत स्वदेश फर्किएका हुन् ।
नेपाल आए कर्णाली याक्सबाट चार खेल खेलेका पशुपतिनाथको पनि दर्शन गरे । शिखरले आगामी मार्च महिनामा नेपाल आउने बताएका छन् ।
कर्णालीबाट चार खेलका क्रममा उनले एक अर्धशतकसहित १३६ रन जोडे । उनलाई कर्णालीले प्रत्येक खेलको ३० हजार डलर पारिश्रमिक दिने गरी ल्याएको बताइएको छ ।
शिखरले नेपालमा एनपीएल खेल्दा राम्रो अनुभव बटुलेको बताएका छन् । ‘राम्रो अनुभव बटुलेँ। नेपालका खेलाडीलाई केही सिकाउँदै मैले पनि केही मौका पाँए ।’