टप खबर

बिआरआईबारे अहिले नै बोल्नु हतार हुन्छ : ईश्वर पोखरेल

Lumbinikhabar Online

नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण फलदायी हुने दाबी गर्नुभएको छ ।

चीन भ्रमणको विषयमा बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई)परियोजनालाई लिएर विभिन्न अड्कलबाजी भइरहेको भएपनि त्यो सत्य नरहेको बताउनुभएको हो ।

भ्रमणका क्रममा विभिन्न परियोजनाबारे औपचारिक छलफलहरु जारी रहेको उल्लेख गर्दै बिआरआई परियोजनाबारे अहिले नै बोल्नु गलत हुने बताउनुभयो ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले बीआरआई परियोजनाबारे ज्वाइन्ट स्टेटमेण्ट आएपछि मात्र सबै कुराको जानकारी पाइने बताउनुभयो । उहाँले बिआरआई परियोजना राष्ट्रिय स्वार्थको विषय भएकाले अग्राधिकार दिएर अघि बढ्ने कुरामा नेपाली कांग्रेस र नेकपा एमालेबीच सहमतिको दस्तावेज तयार भएको बताउनुभयो ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले बिआरआईलाई लिएर कांग्रेस नकारात्मक र एमाले सकारात्मक छ भन्ने भ्रम फैल्याइएपनि आफूहरु सहमतिमै अघि बढेको जिकिर गर्नुभयो ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले प्रधानमन्त्रीको पहिलो भ्रमण आवश्यकताको आधारमा जुनसुकै मित्रराष्ट्रको हुनसक्ने कुरामा कांग्रेस र एमालेबीच एकमत रहेको उल्लेख गर्दै यसलाई अन्यथा लिन नहुने बताउनुभयो । उहाँले प्रधानमन्त्रीको चीन भ्रमण मुलतः राजकीय भ्रमण भएपनि पार्टीगत सम्बन्ध पनि सुमधुर हुने विश्वास व्यक्त गर्नुभयो ।

Tags

छुटाउनु भयो कि ?