पाकिस्तानी बलर सोहेल तनविरको घातक बलिङमा काठमाडौँ गुर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजलाई १ सय १२ रनको सामान्य लक्ष्य दिएको छ ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको काठमाडौले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ११ रन मात्रै जोड्न सक्यो ।
काठमाडौँलाई सस्तैमा रोक्न तनविरले पाँच विकेट लिए। एनपीएलको एकै खेलमा पाँच विकेट लिए तनविर पहिलो खेलाडी बने। उनले मात्र २१ रन दिए।
कप्तान कुशल मल्ल, अमर राउटेला, ल्युक मार्टिन बेनकेन्स्टाइन र रिजन ढकालले समान एक विकेट लिए ।
सुमित महर्जनको २९ रन नै काठमाडौका लागि सर्वाधिक रह्यो। माइकल लेभिटले २५ रन जोडे । शंकर रानाले १६ रन बनाए ।
डान डौथवेट १९ र दिपेश कँडेल १ रनमा नटआउट रहे । भीम सार्की, करण केसी र साहब आलम १ रनमा पेभेलियन फर्के।