टप खबर

मंगलबार सेयर बजार २७ सय अंक पार

Lumbinikhabar Online

नेपाल धितोपत्र बोर्डले नेतृत्व पाएसँगै सेयर बजारले सकारात्मक प्रतिक्रिया जनाएको छ ।

मंगलबार सेयर बजारले २७ सय अंक पार गरेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ३३.४१ अंक बढेको हो । सो अंकको वृद्धिपछि नेप्से २७१६ अंकमा पुगेको छ । कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ६ अर्ब ३४ करोडको भएकोमा यस दिन ७ अर्ब ४४ करोडको कारोबार भयो ।

सपोर्ट लघुवित्त वित्तीय संस्था, युनाइटेड इदी मार्दी हाइड्रोपार र कुथेली बुखरी स्मल हाइड्रोपावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । २११ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ । ३२ कम्पनीको सेयर मूल्य घटेको छ । माछापुच्छ्रे बैंकको सेयर मूल्य भने स्थिर छ ।

आज कारोबारमा आएका १३ वटै समूहका परिसूचक वृद्धि भएको छ । परिसूचक सर्वाधिक वृद्धि हाइड्रोपावर समूहको भएको छ । यो समूहको परिसूचक १।९७ प्रतिशतले वृद्धि भएको छ । ‘अन्य’ समूहको परिसूचक १।६८ प्रतिशतले वृद्धि भएको छ ।

Tags

छुटाउनु भयो कि ?