काठमाडौँको सुन्धारास्थित धरहरा चढ्न आजदेखि शुल्क लाग्ने भएको छ।
यसअघि संविधान दिवस (असोज ३ गतेदेखि) परीक्षणका रूपमा निःशुल्क धरहरा खुला गरिएको थियो। गत बिहीबार बसेको मन्त्रिपरिषद बैठकले धरहरा सःशुल्क सञ्चालन गर्ने निर्णय गरेको हो ।
परीक्षणका रूपमा आजदेखि निःशुल्क खुला गरिएको धरहरा चढ्न स्वदेशी नागरिकलाई अबदेखि प्रतिव्यक्ति २ सय रुपैयाँ शुल्क लाग्ने भएको छ।
विद्यार्थीले, ज्येष्ठ नागरिक, बालबालिका र अपाङ्गता भएका व्यक्तिले धरहरा चढ्दा लाग्ने शुल्कमा ५० प्रतिशत छुट पाउने छन्।
सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति रु पाँच सय र सार्कबाहेक राष्ट्रका पर्यटकलाई प्रतिव्यक्ति रु एक हजार शुल्क निर्धारण गरिएको छ।