नेकपा एमालेको मंसिर ७ गतेको जागरण सभा काठमाडौंको दरबारमार्गमा हुने भएको छ । आज पत्रकार सम्मेलन गरी पार्टीले भृकुटीमण्डपमा तय गरिएको जागरण सभा ठाउँ सानो भएको जनाउँदै दरवारमार्गमा गर्ने निर्णय गरिएको जानकारी गराएको हो ।
एमालेले सो जागरण सभामा एक लाख मानिस उतार्ने लक्ष्य लिएको छ । एक लाख मानिस उतार्ने लक्ष्यसहित आयोजना हुने सो सभा भृकुटीमण्डपमा नअट्ने भएकाले दरबारमार्गमा गर्ने तय गरिएको जागरण सभाका संयोजक एवं पार्टी स्थायी कमिटीका सदस्य डा. राजन भट्टराईले जानकारी गराउनुभयो ।
एमालेले प्रतिपक्ष दलहरुले सडकमा अराजकता फैलाउने काम गरेको निष्कर्ष निकाल्दै जनतामा मुलुकको सुशासन र समृद्धिका लागि जागरण ल्याउन सभा आयोजना गर्न लागिएको जनाएको छ ।