सहकारी संस्थाको बचत हिनामिना र ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको संकट झन् झन् बढ्दैछ ।
पूर्वउपप्रधान तथा गृहमन्त्री लामिछानेविरुद्ध उनकै गृहजिल्ला चितवनमा पनि बुधबार सहकारी ठगी प्रकरणमा पीडितहरूले जाहेरी दिएका हुन्।
गत कात्तिक ३ गतेदेखि कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेसहित १० जनाविरुद्ध सहारा चितवन बहुउद्धेश्यीय सहकारी संस्थाका बचतर्कताले जाहेरी दिएका हुन् ।
प्रहरीका अनुसार बुधबार सहकारी पीडित संघर्ष समितिका अध्यक्ष शालिकराम दवाडीले रवि र छविसहित १० जनाविरुद्ध जाहेरी दिएका हुन् । चितवनका प्रहरी प्रमुख एवम् एसपी गौतम मिश्रले जाहेरी आएको पुष्टि गर्दै यसबारे अध्ययन भइरहेको जानकारी सञ्चारकर्मीलाई दिएका छन् ।