ज्यान मार्ने उद्योगमा दोषी ठहर भएपछि पक्राउ परेका गण्डकी प्रदेशसभा सदस्य राजीव गुरूङ (दीपक मनाङे) डिल्लीबजार कारागार चलान भएका छन् ।
मंगलबार काठमाडौंको सानो भर्याङबाट पक्राउ परेका मनाङेलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) ले काठमाडौं जिल्ला अदालतमा पेश गरेको थियो ।
त्यसपछि ज्यान मार्ने उद्योग गरेको मुद्दामा सर्वोच्च अदालतले गरेको फैसला कार्यान्वयनका लागि उनलाई डिल्लीबजार कारागार चलान गरिएको हो ।