कतार एयरवेजले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक उडान भर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का अनुसार उक्त एयरलाइन्सले आजदेखि उडान भर्न लागेको हो ।
दोहाबाट आएको जहाज दिउँसो पौने ३ बजे भैरहवामा अवतरण गर्नेछ । यस्तै पौने ५ बजे भैरहवाबाट काठमाडौं र साँझ ६ः५५ बजे कतारका लागि उडान गर्नेछ ।
यो एयरवेजले कतार–काठमाडौं दैनिक चार वटा उडान भर्दै आएकोमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नतिका लागि दैनिक १० घण्टा बन्द गरिएपछि दुईवटा उडान कटौती गरेको छ ।
अब कतारले दैनिक दुई उडान काठमाडौं र एउटा भैरहवाबाट गर्नेछ । कतार एयरवेजको भैरहवाका लागि ३० नोभेम्बरसम्म दैनिक एक उडानको तालिका निर्धारण गरिएको छ ।