श्रम स्वीकृति भएका नेपाली नागरिकहरूलाई भारतको दिल्ली हुँदै श्रम गन्तव्य मुलुक जानेहरूलाई ‘नो अब्जेक्शन लेटर’ (एनओसी) नचाहिने भएको छ ।
सोमबार दिल्लीस्थित दूतावासले सूचना जारी गर्दै श्रम स्वीकृति लिएका नेपालीहरूलाई भारतको एयरपोर्ट हुँदै श्रम गन्तव्य जाँदा एनओसी नचाहिने भएको हो ।
‘वैदेशिक रोजगार विभागले श्रम स्वीकृति दिएका नेपालीहरूका लागि दूतावासबाट एनओसी लिन पर्नेछैन,’ सूचनामा उल्लेख छ । साथै अमेरिका, बेलायत तथा सेन्जेन मुलुकको भीसा भएका नेपाली नागरिकहरूलाई पनि एनओसी नचाहिने दूतावासले जनाएको छ ।
त्यस्तै श्रम स्वीकृति नभई साउदी अरेबिया, कतार, कुवेत, युएई, ओमान, बहराइन, इराक, लिबिया, र लेबनन जानेलाई भने एनओसी जाने दूतावासले जनाएको छ ।