टप खबर

नारायणगढ–मुग्लिन सडकखण्डमा बस र हायस ठोक्किँदा पाँच जनाको मृ’त्यु

Lumbinikhabar Online

चितवनको भरतपुर महानगरपालिका-२९ सत्रकिलो स्थित नारायढगढ- मुग्लिङ सडकखण्डमा बस र हायस गाडी ठोक्किँदा पाँच जनाको मृ’त्यु भएको छ।

शुक्रबार बिहान अन्दाजी ३ बजे नारायणगढतर्फ जाँदै गरेको बा.प्र. ०६-००१ज ०२९८ नं.को गाडी मुग्लिङ जाँदै गरेको बा.प्र. ०३-००१ ख २८१२ नंको बस ठोक्किँदा पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी भेषराज रिजालले जानकारी दिए।

दुर्घटनामा परी ६ जना घाइते भएका छन्। जसमध्ये दुई जना सामान्य, दुई जना उपचार पछि डिस्चार्ज र दुई जना गम्भीर रहेको डिएसपी रिजालले बताए।

दुर्घटना हुँदा सडकखण्ड पनि एकतर्फी अवरूद्ध छ। प्रहरीले बस चालक मकवानपुर हेटौडा उपमहानगर-९ बस्ने ४४ वर्षीय सुर्यबिक्रम बिष्टलाई पक्राउ गरेको छ।

Tags

छुटाउनु भयो कि ?