टप खबर

नेपाल संवत् ११४५ आरम्भ भएको अवसरमा राष्ट्रपतिद्वारा शुभकामना व्यक्त

Lumbinikhabar Online

राष्ट्रपति रामचन्द्र पौडेलले ‘नेपाल संवत् ११४५’ आरम्भ भएको सुखद् अवसरमा शनिबार स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

राष्ट्रपति पौडेलले आज जारी गर्नुभएको शुभकामना सन्देशमा नेपाल संवतले सम्पूर्ण नेपालीबीच आपसी सद्भाव‚ सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गरी राष्ट्रिय एकता सुदृढ गर्न थप मद्दत पुग्ने विश्वासका व्यक्त गर्नुभएको छ ।

यस्तै उहाँले राष्ट्रिय विभूति साख्वाको लोककल्याणकारी तथा परोपकारी कार्यको स्मरण गर्दै आजको दिनमा निस्वार्थ भावले समाजको उन्नति र प्रगतिका लागि अग्रसर रहन हामी सबैमा प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभयो ।

राष्ट्रपति पौडेलको शुभकामना सन्देशमा “लिच्छवी राजा राघवदेवको समयमा काठमाडौँ उपत्यकामा रहेका किसान तथा गरीब जनतालाई ऋणमुक्त गरी शङ्खधर साख्वाले यस संवत्लाई प्रचलनमा ल्याएको मानिन्छ । नेपाली समाज सभ्य र सहिष्णु समाज हो, हाम्रा चाडपर्व र यस खालका असल परम्पराहरूले यसलाई थप सुदृढ बनाउँदै लगेका छन” उल्लेख छ ।

राष्ट्रिय विभूति साख्वाले प्रवर्तन गर्नुभएको नेपाल संवतको पहिलो दिन कार्तिक शुक्लपक्ष प्रतिपदाबाट शुरु हुन्छ ।

Tags

छुटाउनु भयो कि ?