म्यानचेस्टर सिटीका स्पेनिस मिडफिल्डर रोड्री हर्नान्डेजले सोमबार राति विश्वको सर्वश्रेष्ठ खेलाडीलाई दिइने बालोन डी’ओर पुरस्कार जितेका छन् ।
उनले यस प्रतिष्ठित पुरस्कारका लागि रियल मड्रिडका ब्राजिलियन फुटबलर भिनिसियस जुनियर र इङ्ल्यान्डका जुड बेलिंघमलाई पछि पारे ।