बिबिध

टेक्सास सहकारी संस्था, कपनले १५ औं बार्षिक साधारणसभा सम्पन्न गर्यो 

Lumbinikhabar Online

टेक्सास बचत तथा ऋण सहकारी संस्थाले विभिन्न आरोह, अवरोह पार गरेर सदस्यहरुको सहभागिता बढाउँदै आएको बताएको छ ।

सहकारी संस्थाले सहकारी मूल्य, मान्यता पालनामा निरन्तर प्रतिबद्ध रहेको दाबी गरिएको छ ।

टेक्सास बचत तथा ऋण सहकारी संस्थाले कात्तिक १० गते शनिबारका दिन प्रशान्ती एकेडेमी, कपनको सभाहलमा १५ औं बार्षिक साधारणसभा सम्पन्न गरेको हो ।

काठमाडौं जिल्लाको बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १२ मा रहेको यो सहकारी संस्थाले सदस्य सेवामा विशेष जोड दिई संस्थाका क्रियाकलापहरु अघि बढाएको जनाएको छ ।

टेक्सास बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष मुरारी भण्डारीले सहकारी संस्थाले सदस्यहरुको सक्रियता बढाउँदै आएको उल्लेख गरे ।

बार्षिक साधारणसभामार्फत् संस्थाले आगामी योजनाहरु सार्वजनिक गरेको छ । आगामी दिनमा पनि सदस्यहरुको सहभागिता र सक्रियता बढाउने प्रतिबद्धता व्यक्त गरेको छ । संस्थाले सदस्य संख्या विस्तार र गुणस्तरीय सेवा प्रदान गर्ने आफ्नो लक्ष्यमा कटिबद्ध रहने जानकारी दिएको छ ।

प्रशान्ती एकेडेमी, कपनको सभाहलमा आयोजित १५ औं बार्षिक साधारणसभामा बोल्दै टेक्सास सहकारी संस्थाका पदाधिकारीले आफ्ना सदस्यहरु लक्षित सेवामा संस्था सधैं लागि परिरहने जानकारी दिए ।

संस्थाका सचिव कुमार कसजू श्रेष्ठले शेयरधनी सदस्यहरुको सल्लाह र सुझावलाई ध्यान दिएर संस्था अघि बढेको बताए । संचालक समिति सदस्य ध्रुव प्रसाद घिमिरेले सहकारीको प्रगति उत्साहजनक रहेको बताए ।

बार्षिक साधारणसभामा सहकारीले बाल बचतकर्ता तथा संस्थामा असल कारोबार गर्ने सदस्यहरुलाई सम्मान गरेको छ ।

टेक्सास बचत तथा ऋण सहकारी संस्थाको १५ बार्षिक साधारणसभामा वोल्दै कार्यक्रमका प्रमुख अतिथि बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष शम्भूप्रसाद भट्टराईले सहकारी संस्थाले आगामी दिनमा अझ प्रगति गर्दै अघि बढ्ने विश्वास व्यक्त गरे ।

साधारणसभामा बोल्दै सहभागी वक्ताहरुले आफ्ना शेयरधनी सदस्यहरुको सुझाव र मार्गनिर्देशनमा संस्थाले आफ्नो यात्रा अघि बढाउनुपर्नेमा जोड दिए । सहकारी मूल्य, मान्यता पालना गर्ने विषयमा संस्था निरन्तर लागिरहने विश्वास व्यक्त गरे ।

टेक्सास बचत तथा ऋण सहकारी संस्थाका संचालक समिति अध्यक्ष मुरारी भण्डारीले संस्थाको वित्तिय अवस्था मजबुद रहेको जानकारी दिए ।

Tags

छुटाउनु भयो कि ?