टप खबर

गगन थापाले भने : प्रधानमन्त्री र मन्त्रीहरु बोल्ने होइन, काम गरेर देखाउनुपर्छ

Lumbinikhabar Online

काठमाडौं: नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री र मन्त्रीहरुलाई बोल्नेभन्दा पनि काम गरेर देखाउन आग्रह गरेका छन् ।

राष्ट्र बैंक कर्मचारीहरुको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले सहकारी ठगीमा नाम जोडिएका नयाँ पुरानो जो भए पनि छानबिन समितिले सिफारिस गरेका व्यक्तिहरुमाथि अनुसन्धान हुनुपर्ने बताए ।

उनले भने, ‘जुन पार्टीको भए पनि नाम जोडिएपछि अनुसन्धान गर्नुस्, अनुसन्धान गर्नेमात्रै होइन, गल्ती गरेको भए दण्ड पनि हुन्छ । यो देशमा जुनसुकै मानिस कांग्रेस, एमाले, रास्वपा, राप्रपा होस्, पाँच पटक प्रधानमन्त्री भएको मान्छे होस् कि अहिले भएको प्रधानमन्त्री होस् वा भोलि प्रधानमन्त्री हुने मान्छे, जोसुकै होस् कानूनभन्दा माथि कोही छैन भन्ने कुरा सरकारले स्थापित गर्नुपर्छ ।’

Tags

छुटाउनु भयो कि ?