टप खबर

आफ्नो पार्टीले सुशासनको सवालमा ऐतिहासिक रेकर्ड बनाएको प्रचण्डको उल्लेख

Lumbinikhabar Online

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीले नेतृत्व गरेको सरकारले नेपालमा सुशासनको सवालमा ऐतिहासिक रेकर्ड बनाएको उल्लेख गर्दै यसलाई कसैले मेटाउन नसक्ने दाबी गरेका छन्‌ ।

 

माओवादी केन्द्र बागमती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेश समितिले काठमाडौंमा आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै दाहालले सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको पक्षमा थालेको अभियानले नेपालकै लागि पहिलो रेकर्ड बनाएको बताए । ।

 

नक्कली भूटानी शरणार्थी प्रकरणका अभियुक्त पक्राउ गरेपछि अत्तालिएर सरकार ढालिएको तर्क गर्दै दाहालले अहिलेको सरकार भ्रष्टाचारीलाई बचाउनकै लागि बनेको बताए ।

 

उनले चार दिनको तयारीले गरेको खबरदारी सभाले सरकार तर्सेको उल्लेख गर्दै भोलि ठूलै विरोध सभाको तयारी गरे सरकारको हालत के होला भनेर प्रश्न गरे । प्रचण्डले आफूहरूले जनताका मुद्दालाई ज्ञापनपत्रको रुपमा प्रस्तुत गरेको उल्लेख गर्दै त्यसलाई गम्भीरतापूर्वक नलिए आन्दोलन चर्किंदै जाने पनि बताए ।

Tags

छुटाउनु भयो कि ?