टप खबर

सरकार सय दिनमा भ्रष्टाचारीको संरक्षणमा मात्रै केन्द्रित भएको प्रचण्डको टिप्पणी

Lumbinikhabar Online

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार सय दिनमा भ्रष्टाचारीको संरक्षणमा मात्रै केन्द्रित भएको टिप्पणी गरेका छन् ।

पार्टीनिकट नेपाल बुद्धिजीवी सङ्गठनका पदाधिकारीहरूसँग आज भएको भेटमा उनले वर्तमान सरकार गठन हुँदा जे आशङ्का गरिएको थियो सय दिनको बीचमा सरकारले त्यसलाई नै पुष्टि गर्ने काम गरेको बताए ।

प्रचण्डले विपक्षी दलहरूले मात्रै नभइ नागरिक समाजका अगुवा र स्वयं सत्तारुढ दलका नेताहरूले समेत सरकारका कामकारवाहीप्रति असन्तुष्टि जनाइरहेको दाबी गरे । उनले सरकारले गर्नुपर्ने काममा चुकेको र गर्न नहुने काममा मात्रै केन्द्रित भएको आरोप लगाए ।

उद्योगहरूको बक्यौता महसुस उठाउन खोज्दा विद्युत प्राधिकरणका कार्यकारी निर्देशकलाई हटाउन खोज्ने, सामान्य प्राविधिक त्रुटिलाई लिएर उपसभामुख हटाउन खोज्नेदेखि पछिल्लो समय प्रधानमन्त्री स्वयंले नेतृत्व गरेको दलले विवादित व्यवसायीबाट जग्गा दान लिनेसम्मको अवस्थाले यो सरकार भ्रष्टाचारीको पक्षमा छ भन्ने पुष्टि भएको उनले ठोकुवा गरे ।

Tags

छुटाउनु भयो कि ?