टप खबर

राष्ट्रको आवश्यकता के हो भन्ने विषय एमालेलाई राम्ररी थाहा छ: शंकर पोखरेल

Lumbinikhabar Online

नेकपा एमालेका महासचिव शंकर पोखरेलले अन्य पार्टीका नेता कार्यकर्तालाई एमालेको चिन्ता नलिन भनेका छन् । सामाजिक सञ्जालमा पार्टीमाथि टिकाटिप्पणी भैरहेका बेला महासचिव पोखरेलको प्रतिक्रिया आएको हो । सामाजिक सञ्जालमा एमालेविरुद्ध भइरहेको विरोधलाई लक्षित गर्दै उनले पार्टीको परीक्षण चुनावले गर्ने र त्यसका लागि तयार रहेको उनले बताएका छन् ।

‘राजनीति गर्नेहरूले आ-आफ्नो पार्टी राम्रो बनाउन लागे अरूका बारेमा चिन्ता गर्नै पर्दैन नि !’, महासचिव पोखरेलले लेखेका छन, ‘नेकपा (एमाले)लाई कस्तो बनाउने नेकपा (एमाले)जनलाई नै छोडिदिन आग्रह गर्दै जनता के चाहन्छन् ? र राष्ट्रको आवश्यकता के हो ? भन्ने विषय नेकपा (एमाले)लाई राम्ररी थाहा छ ।’

नेकपा (एमाले) आजको कुरामा मात्र नअल्झेर भविष्यको कुरामा केन्द्रित रहेको उल्लेख गर्दै महासचिव पोखरेलले एमाले बलियो र निर्णायक राष्ट्रिय शक्ति निर्माणमा जुटेको उल्लेख गरेका छन् । ‘कुन पार्टी कस्तो भन्ने कुराको परीक्षण त सामाजिक सञ्जालले होइन आवधिक निर्वाचनले गर्ने हो । त्यसका लागि नेकपा (एमाले) हरदम तयार छ’ उनले लेखेका छन् ।

Tags

छुटाउनु भयो कि ?