टप खबर

बढ्यो पेट्रोलियम पदार्थको मूल्य

Lumbinikhabar Online

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

मंगलबार राति १२ बजेबाट लागु हुने गरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँ र डिजेल तथा मट्टीतेलको मूल्य प्रति लिटर ४ रुपैयाँले बढाएको हो ।

हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत छ । भारतबाट मूल्य बढेर आएकाले नेपालमा पनि मूल्य बढेको निगमले जनाएको छ ।

Tags

छुटाउनु भयो कि ?