बिबिध

प्राथमिक उपचार,हाम्रो सरोकारको अभियानमा सक्रिय योगदान राष्ट्रको लागि 

Lumbinikhabar Online

काठमाडौं सबै क्षेत्र र तहमा रहेका आम नागरिकहरुले योगदान दिएमा राष्ट्रको उन्नती र समृद्दि सम्भव रहेकोमा जोड दिइएको छ । 

योगदान राष्ट्रको लागि संस्थाको बार्षिक साधारणसभामा बोल्दै सहभागी वक्ताहरुले देशको प्रगतिमा सबै नागरिकहरुले भूमिका खेल्नुपर्ने बताइयो ।

असोज ५ गते शनिबारका दिन योगदान राष्ट्रको लागि संस्थाको चौथो बार्षिक साधारणसभा भव्य रुपमा सम्पन्न भएको छ ।

संस्थाको आगामी यात्रालाई थप हौसला प्रदान गर्नका लागि बार्षिक साधारणसभामा प्रमुख अतिथिका रुपमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल उपस्थित भए । स्वास्थ्य तथा जनसंख्यामन्त्री पौडेलले बार्षिक साधारणसभा समुद्घाटन गरे ।

कार्यक्रमको सभापतित्व योगदान राष्ट्रको लागि संस्थाका सभापतित्व ओम प्रसाद उप्रेतीले गरेका थिए ।

बार्षिक साधारणसभामा बोल्दै प्रमुख अतिथि स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले देशको उन्नतीमा यस्ता संस्थाहरुले महत्वपूर्ण भूमिका खेल्नुपर्ने भन्दै आगामी दिनमा संस्थाको भूमिका र सक्रियता अझ बढ्नुपर्नेमा जोड दिए ।

बार्षिक साधारणसभामा अभिनेता, कलाकार, संचारकर्मीहरु, संस्थाका पदाधिकारीहरु लगायतको उपस्थिति रह्यो ।

कार्यक्रममा योगदान राष्ट्रको लागि संस्थालाई उच्च स्थानमा पुर्याउन उत्कृष्ट कार्य गरेको भन्दै विभिन्न्न कलाकारहरु, पत्रकारहरु लगायतलाई सम्मान पत्र प्रदान गरिएको थियो ।

चौथो बार्षिक साधारणसभामा बोल्दै योगदान राष्ट्रको लागि संस्थाका अध्यक्ष ओम प्रसाद उप्रेतीले प्राथमिक उपचार, हाम्रो सरोकारको नारा लिएर संस्थाले हालसम्मको यात्रा अघि बढाएको जानकारी दिए ।

आगामी दिनमा आफ्ना सदस्यहरु, शुभेच्छुक, संस्थाका शुभचिन्तकहरुको राय, सुझाव र सल्लाहका आधारमा संस्थाले आगामी योजनाहरु तय गर्ने अध्यक्ष उप्रेतीले जानकारी दिए ।

Tags

छुटाउनु भयो कि ?