टप खबर

स्वास्थ्य सुधार अभियानमा छौँ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेल

Lumbinikhabar Online

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नागरिकको भविष्य सम्झेर स्वास्थ्य बीमा सुधार अभियानमा लागिपरेको बताएका छन् ।

गणेशमान स्मृति दिवस तथा संविधान दिवसका अवसरमा नेपाली कांग्रेस काठमाडौँ क्षेत्र ५ (क) ले आयोजना गरेको कार्यक्रममा स्वास्थ्य मन्त्री पौडेलले यस्तो बताएका हुन् ।

मन्त्री पौडेलले नागरिकलाई सुलभ मूल्यमा स्वास्थ्य उपचारको व्यवस्था गर्न स्वास्थ्य बीमा सुधार अभियान चलाएको बताए ।

उनले भने, “स्वास्थ्यमा राज्यले धेरै ठाउँमा रकम छर्नुभन्दा एकै ठाउँमा सेवा प्रदान गर्न सकिए खर्च समेत जोगिन सक्छ।”

स्वास्थ्य बीमालाई सुधार गरेर अगाडि बढ्नुपर्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पौडेलको भनाइ थियो ।

Tags

छुटाउनु भयो कि ?