टप खबर

अर्थतन्त्र चलायमान हुन निजी क्षेत्रका गतिविधि ब​ढाउनुप​र्छ : अध्यक्ष चन्द्र ढकाल

Lumbinikhabar Online

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्र चलायमान हुन निजी क्षेत्रका गतिविधि बढ्नुपर्ने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित पत्रकार भेटघाटमा अध्यक्ष ढकालले अहिलकोसरकारप्रति निजी क्षेत्र सकारात्मक रहेको पनि बताए ।

 

सरकारले गरेका ससाना निर्णयले व्यवसायीमा सकारात्मक सञ्चार प्रवाह हुने उनको भनाइ छ । सरकारले निजी क्षेत्रलाई सँगै लिएर मात्र आर्थिक उन्नति हुने बुझेको भन्दै उनले सरकारले व्यवसायीलाई हेर्ने दृष्टिकोण बदलिएको बताए ।

 

नेपालमा लगानीको वातावरण नभएको भन्ने सन्देश फैलिएको र त्यसलाई चिर्न निजी क्षेत्रका व्यवसायीहरूले नयाँ लगानी कम्पनी खडा गरेको उनको भनाइ छ ।

 

“नेपालमा लगानीको वातावरण छैन भन्ने भाष्य चिर्नु थियो, त्यसैलाई चिर्न हामीले पहल गरेर १० अर्बको लगानी कम्पनी खडा गर्ने निर्णय गर्‍यौँ,” उनले भने, “अहिले हामीले व्यवसायीहरूमा छरिएर रहेको पैसा एकीकृत गर्ने पहल गरेका छौँ । हाम्रो पहलमा नेपाल डेभलपमेन्ट कम्पनी सञ्चालनमा आएको छ । यसमा जो कसैले व्यक्तिगत रूपमा लगानी गर्न सक्छ ।”

 

त्यस्तै, अहिले महासंघले विदेशी लगानी (एफडीआई)बाट आउने लगानीको पैरवी गरेको उनले बताए । यस्तै, महासंघले निजी क्षेत्रमा अख्तियारले अनुसन्धान गर्न हुँदैन भनेर पैरवी गरिरहेका पनि बताए ।

Tags

छुटाउनु भयो कि ?