• २०८२ असार ३१, मंगलबार ( )
टप खबर

८४ को चुनावमा माओवादीको भोट ४/५ लाख आउँला : प्रधानमन्त्री ओली

Lumbinikhabar Online

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेले २०८४ सालको चुनावमा बहुमत ल्याउने दाबी गरेका छन्।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमा प्रधानमन्त्री ओलीले आगामी चुनावमा माओवादी केन्द्र राष्ट्रिय पार्टीसम्म बन्नसक्ने दाबी पनि गरे।

उनले माओवादीको भोट प्रत्येक चुनावमा घट्दै गएको र अर्को चुनावमा थप ६/७ लाख भोट घट्ने बताएका हुन्।

‘एउटा चुनावमा ३१ लाख भोट आउँछ । अर्को चुनावमा पुग्दाखेरी १८ लाख जति आउँछ । अर्को चुनावमा पुग्दाखेरी १३ लाख आउँछ । अर्को चुनावमा पुग्दाखेरी ११ लाख आउँछ । अव अर्को चुनावमा पुग्दाखेरी ४/५ लाख आउँला कि! राष्ट्रिय पार्टीसम्ममा अडिएला कि!,’ ओलीले भने।

०८४ को चुनावमा आफू नेतृत्वको पार्टी नेकपा एमालेले एकल बहुमत ल्याउने बलिया आधारहरू समेत रहेको पनि उनले बताए।

‘मिसन ०८४ लाई सफल पार्न यतिबेलै हामीले आफ्नो सारा सामर्थ्य लगाउनुपर्छ। अर्को पटक के हुन्छ के,’ ओलीले भने।

Tags

छुटाउनु भयो कि ?