टप खबर

सरकारका काम कारबाही अघि बढाउन मन्त्रीहरुलाई प्रधानमन्त्रीको निर्देशन

Lumbinikhabar Online

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई विश्राम गर्ने सुविधा नरहेको भन्दै तिब्रताका साथ सरकारका काम कारबाही अघि बढाउन मन्त्रीहरुलाई निर्देशन दिनुभएको छ ।

बिहीबार सिंहदरबारमा उपप्रधानमन्त्री तथा मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता गर्दै प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई सो निर्देशन दिनुभएको हो ।

प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई विश्राम गर्ने, अलमल गर्ने, ढिलो गर्ने छुट नरहेको बताउनुभयो । उहाँले अब कार्यक्षेत्रमा थप योजना र थप सक्रियताका साथ अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले सरकारका कामलाई तिब्रता दिनेगरी अघि बढ्न आग्रह गर्नुभयो ।

प्रधानमन्त्री ओलीले बिस्तारै गरौंला नि भन्ने सोचले अहिलेसम्म काम हुन नसकेको भन्दै अब त्यो सोच नराख्न आग्रह गर्नुभयो । उहाँले काममा तिब्रतासँगै योजनावद्धता आवश्यक रहेको बताउनुभयो । मन्त्रालयबीच एक अर्कालाई सहयोग गर्ने भावना हुन जरुरी रहेको बताउनुभयो ।

Tags

छुटाउनु भयो कि ?