नेकपा (एकीकृत समाजवादी) ले नदी किनारका जमिन खाली गराउने अदालतको निर्णयले जनताको निजी सम्पत्तिमाथिको संवैधानिक अधिकार हनन् भएको निष्कर्ष निकालेको छ ।
उपत्यकाका पार्टीका नेताहरुसँग अध्यक्ष माधवकुमार नेपालले त्यस्तो धारणा राखेका हुन् । पार्टी उपाध्यक्ष जगन्नाथ खतिवडाका अनुसार जनताको पक्षमा उभिने र यसको लागि सबै किसिममा संवाद गर्दै खबरदारी कार्यक्रम गर्न समेत पहल गरिनेछ ।
पीडित जनतासँग तत्काल अन्तरक्रिया गर्न र पार्टीको धारणा जनतासम्म पुर्याउन पार्टीका सम्बन्धित कमिटीहरुलाई निर्देशन गरेको पनि दिएको छ । एकीकृत समाजवादीले सोमबार काठमाडौँमा बृहत् अन्तरक्रिया कार्यक्रम गर्ने तयारी पनि गरेको खतिवडाले जानकारी दिए ।