टप खबर

कागेश्वरी पुस्तकालयको ३३ औं साधारण सभा सम्पन्न

Lumbinikhabar Online

काठमाडौँको आलापोट स्थित फुयाल गाउँमा रहेको कागेश्वरी पुस्तकालयले आफ्नो ३३ औं साधारण सभा सम्पन्न गरेको छ । वरिष्ठ साहित्यकार विजय चालिसेको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

विक्रम संवत् २०३६ सालमा स्थापना भएर आजको दिन सम्म आइपुग्दा उक्त पुस्तकालयले समाज परिवर्तनमा उल्लेखनीय भूमिका खेलेको बताइएको छ । सामाजिक जागरण ल्याउन र बौद्धिक जमात उत्पादन गर्नमा क्रियाशिल उक्त पुस्तकालयले अझै स्तरियता कायम गर्ने विस्वास गरिएको छ ।

कार्यक्रममा साहित्यकार चालिसे सहित पुर्व मन्त्री तथा संविधानसभा सदस्य रामेश्वर फुयाल, लगायतका प्रसिद्ध व्यक्तिहरुको उपस्थिति रह्यो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी विजय चालिसेले पञ्चायत विरोधी आन्दोलनलाई थप सशक्त बनाउन उक्त पुस्तकालयले महत्त्वपूर्ण भूमिका खेलेको बताए ।

सडक आन्दोलनबाट भन्दा बौद्धिक आन्दोलनले छिटो परिवर्तन खोज्ने र हजारौं जनतालाई जागरुक बनाउन पुस्तकालयले भूमिका खेल्ने दावी गर्दै कागेश्वरी पुस्तकालयले पनि पञ्चायतको चरम दमनलाई प्रतिकार गर्न सिकाएको बताए ।

यस्तै उनले आर्थिक तथा भौतिक रुपमा पुस्तकालय संचालन गर्न कठिन हुनेहुँदा त्यसको लागि थुप्रै चुनौती संग लड्न सक्ने संगठन आवस्यक रहेको जिकिर गरे ।

अध्ययनमा रुचि घट्दै गएको पछिल्लो पुस्तालाई आकर्षित गर्न चाखलाग्दा पुस्तक हुनुपर्ने र ई.पुस्तकालयको रुपमा परिमार्जन गर्न पनि सकिने बताए । यसका लागि साहित्यकार चालिसेले आफूले सक्ने जति सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

यस्तै कार्यक्रममा बोल्दै संविधानसभा सदस्य एवं पुर्वमन्त्री तथा एमाले नेता रामेश्वर फुयालले कागेश्वरी पुस्तकालयलय पञ्चायत विरोधी आन्दोलनको जगमा उभिएको बताए ।

पञ्चायती व्यवस्था विरुद्ध नेता तथा जनतामा प्रजातान्त्रिक चेतना भर्ने किल्लाको रुपमा कागेश्वरी पुस्ताकालय काठमाडौँ जिल्लाकै प्रख्यात सँस्था भएको स्मरण गर्दै उक्त सँस्थाले साक्षर वर्गलाई शिक्षित बनाउनुका साथै बौद्धिक दायरा विस्तारमा ठूलो भूमिका खेलेको उल्लेख गरे । सोहि क्रममा आफूले पनि सोही पुस्तकालय बाटै थुप्रै कुरा सिक्दै संविधान निर्माण गर्ने स्थान सम्म पुगेको स्मरण गरे ।

यसरी पुस्तकालयबाटै चेतनाको विकास हुने र जसका लागि व्यक्तिमा सकारात्मक सोच हुन आवस्यक रहेको उल्लेख गरे । नेपाल भरिका पुस्तकालयहरुमा कागेश्वरी पुस्तकालयलाई शीर्ष स्थानमा पुर्‍याउन सकिने तर त्यसका लागि सबैको सहकार्य अपरिहार्य हुने उनको भनाइ छ ।

यस्तै पुस्तकालयको ३३ औं साधारण सभाले कुमार बहादुर खड्काको अध्यक्षतामा १५ सदस्यीय संचालक समिति समेत पुनर्गठन गरेको छ । जसमा विमल प्रसाद धिमाल उपाध्यक्ष, रामचन्द्र फुयाल सचीव, दीक्षा पुडासैनी उपसचिव, देवराज फुयाल कोषाध्यक्षका साथै सदस्यहरुमा विष्णुप्रसाद फुयाल,रामेश्वर धिमाल , रबिन्द्र भण्डारी, दसरथ थापा , कल्पना कार्की, शुसिला थापा (राउत), निर्मल खड्का, शुसिला फुयाल, रामकृष्ण खड्का, दिपक फुयाल छन् ।

Tags

छुटाउनु भयो कि ?