टप खबर

मैले १७ हजार मान्छे नमारेको कारण खुट्टा नकमाउने प्रधानमन्त्री केपी ओलीको जवाफ

Lumbinikhabar Online

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कुनै पनि किसिमको हिंसा सम्भव नभएको बताएका छन् ।

शनिबार काठमाडौंमा क्याप्टेन रामेश्वर थापाको पुस्तक इन्टु द फायर बिमोचन गर्दै प्रधानमन्त्री ओलीले नेपाल श्रीलंका र बंगलादेश जस्तै हुनसक्ने धम्कीबाट आफु नडराउने भन्दै अब कुनै पनि किसिमको हिंसा सम्भव नभएको बताएका हुन् ।

‘नेपालको आफ्नै पहिचान, सभ्यता र संस्कृत छ । बंगलादेशमा जे भयो, त्यो यहाँ हुँदैन’ प्रधानमन्त्री ओलीले भने, ‘हामीले लडेर ल्याएको लोकतन्त्र र संविधानलाई बल बनाउन हामी लागेका छौं । लोकतन्त्र विरुद्ध लड्नेहरुले हामीलाई तर्साउन सम्भव छैन ।’

श्रीलंका र बंगलादेशबाट सिक भनेर प्रचण्डले अर्ती उपदेश दिएको भन्दै ओलीले आफूले १७ हजार मान्छे नमारेको कारण खुट्टा नकमाउने जवाफ दिए । ‘मैले १७ हजार मान्छे मारेको छु र डराउने ? लोकतन्त्रविरुद्ध लड्नेहरुले हामीलाई तर्साउने ?’, प्रधानमन्त्रीको आक्रोश थियो । नेपाल कुनै देशको फोटोकपी मेशिन नभएको र यहाँ आफ्नै इतिहास र परम्परा रहेको उनले बताए ।

प्रधानमन्त्री ओलीले लोकतन्त्रविरुद्ध आवाज उठाउनेहरु नै अहिले ठूलो कुरा गरिरहेको आरोप समेत लगाए । उनले आधा शताब्दीभन्दा बढि समयदेखि देश बनाउने अभियानमा लागेका कारण आफुलाई पशुपति जलहरी जस्ता विभिन्न प्रकरणमा झुटा आरोप लगाउने गरिएको बताए । प्रधानमन्त्री ओलीले आफुलाई पदको कुनै लोभ नभएको पनि जिकिर गरे । आफ्नो प्रधानमन्त्रीको कार्यकाल सकिनु अघि नै सहज रुपमा कांग्रेसलाई सत्ता हस्तान्तरण गर्ने उनले बताए ।

Tags

छुटाउनु भयो कि ?