टप खबर

अबको प्रधानमन्त्री म होइन, शेरबहादुर देउवानै हो: आरजु राणा देउवा

Lumbinikhabar Online

परराष्ट्रमन्त्री आरजु राणा देउवाले नेपाली कांग्रेसकाबाट देशको आगामी प्रधानमन्त्री आफू नभएर शेरबहादुर देउवानै भएको बताएकी छन् ।

 

बिहीबार धनगढीस्थित आफ्नै निवासमा आयोजित पत्रकार सम्मेलनका क्रममा केहीदिन अघि प्रधानमन्त्री केपी शर्मा ओलीले महिला प्रधानमन्त्री बनाउने आफ्नो चाहना रहेको र छिट्टै त्यसको तयारी गर्ने बताएको सन्दर्भ कोट्याउँदै पत्रकारले सोधेको प्रश्नमा  उनले  यस्तो प्रतिक्रिया दिएकी हुन् ।

 

पत्रकारहरूले ‘महिला प्रधानमन्त्री बनाउने भन्ने ओलीको भनाइ तपाईंलक्षित हो ? ’ भनेर सोधेको प्रश्नमा मन्त्री राणाले भनिन्, ‘पार्टी भित्रै मेरो हैसियत कति छ मलाई थाहा छ। म प्रधानमन्त्री ज्यूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु।’

 

मन्त्री राणाले उक्त कुरा प्रधानमन्त्री ओलीले आफ्नै पार्टीका महिला नेतृत्वका लागि भनेको हुनसक्ने पनि बताइन्। ‘त्यो कुरा मलाई भन्नु भएको जस्तो लाग्दैन। उहाँको आफ्नै पार्टीको क्यान्डिडेट भएको जस्तो लाग्छ,’ उनले अघि भनिन्, ‘हाम्रो बाट आगामी प्रधानमन्त्री भनेको शेरबहादुर देउवा नै हो।

 

विशेष परिस्थितिका कारण दुई ठूला दलहरू एक ठाउँमा उभिएको बताइन्। साथै, उनले आफू अहिले देशको प्रधनमन्त्री हुने सम्भावना नरहेको पनि बताइन्।

 

मन्त्री राणाले देशमा बेथितिहरू बढ्दै जान थालेपछि राजनीतिको बाटो पछाडितिर जान्छ कि भन्ने पीरले दुई ठूला दल एक ठाउँमा उभिएको र आगामी निर्वाचनसम्मै अहिलको गठबन्धन कायम रहने पनि बताएकी छिन्।

 

दुई ठूला दलले संविधान संशोधनको विषयलाई उठाएको भन्दै उनले समावेशीताका विषयमा कुनै परिवर्तन नहुने बताइन्।

Tags

छुटाउनु भयो कि ?