टप खबर

मुकुल भन्छन्- न्यायिक निकायले कारबाही बदर गरेपछि रविले राजीनामा दिनुपर्छ

Lumbinikhabar Online

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेपछि डा मुकुल ढकालले न्यायिक निकायले आफूमाथिको कारबाही बदर गर्ने दाबी गरेका छन् ।

मंगलबार बसेको पार्टी केन्द्रीय कमिटी बैठकले साधारण सदस्यबाटै निष्कासन गरेपछि उनले आफू रवि लामिछाने क्लबबाट मात्रै निष्कासित भएको बताएका छन् । रास्वपाबाट निष्कासन गर्ने अधिकार नभएको भन्दै न्यायिक निकायले क्लबको कारबाहीलाई बदर गरेपछि नैतिकताको आधारमा सभापति लामिछानेले पार्टीको साधारण सदस्यबाट राजीनामा दिनुपर्ने तर्क गरेका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्– ‘रवि लामिछाने क्लबबाट निष्कासित भएको हुँ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट निष्कासन गर्ने अधिकार क्लबलाई छैन । न्यायिक निकायले क्लबको कारबाहीलाई बदर गरेपछि , नैतिकताको आधारमा रवि लामिछानेले पार्टीको साधारण सदस्यबाट राजीनामा दिनपर्छ ।’

उनले रास्वपा सभापछि रवि लामिछानेलाई नैतिक रूपले पतित पात्र भएको भन्दै सहकारी प्रकरणका सवालमा आम जनतालाई भ्रमित पार्ने गरि भाषणबाजी गर्दै हिँडेको आरोप लगाएका छन् ।

उनले थपेका छन्, ‘आफूविरूद्ध आएका प्रमाणलाई किर्ते भन्दै जनतामा भ्रम छरी राजनीति गरिराखेका छन् । यसरी न्याय सम्पादनको प्रक्रियालाई खलल पुर्‍याउने दुस्साहस गर्दै छन् । सम्बन्धित निकायको ध्यान जाओस् । र फेरी पनि नैतिक रूपले पतित रविलाई नैतिकता कै प्रश्न, अनुसन्धानमा रहिरहेको विषयउपर भ्रम छर्न नलाग्नुहोस्, एउटा पूर्व गृहमन्त्रीलाई त्यो शोभा दिँदैन ।’

Tags

छुटाउनु भयो कि ?