टप खबर

वर्तमान सरकार भ्रष्टाचारीलाई जोगाउन बनेको नारायणकाजी श्रेष्ठको आरोप

Lumbinikhabar Online

नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले वर्तमान सरकार भ्रष्टाचारीलाई जोगाउन बनेको आरोप लगाएका छन् ।

शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पोस्टबहादुर बोगटी स्मृति प्रतिष्ठानको नवौँ वार्षिक साधारणसभामा उनले यस्तो बताएका हुन्

आफूहरू बेदाग भएर सरकारबाट निस्किएको जिकिर गर्दै उनले इतिहासले दिएको जिम्मेवारी पूरा गर्नु आफूहरूका निम्ति महत्त्वपूर्ण रहेको बताए ।

इतिहासले सुम्पिएको जिम्मेवारी भनेको पार्टीलाई एकताबद्ध, सुदृढ गर्ने रहेको उनले उल्लेख गरे ।

वरिष्ठ उपाध्यक्ष श्रेष्ठले पार्टीलाई एकताबद्ध, क्रान्तिकारी र शक्तिशाली बनाउन वैचारिक, सांस्कृतिक रूपान्तरणको अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याए ।

Tags

छुटाउनु भयो कि ?