टप खबर

ओलम्पिक सबै खेलहरु सम्पन्न: आमेरिका ब​न्यो स​बै भ​न्दा धेरै प​द​क जित्ने देश

Lumbinikhabar Online

पेरिस ओलम्पिक अन्तर्गत सबै विधाका खेलहरु सम्पन्न भएका छन् । आइतबार राति भएको अन्तिम खेलमा अमेरिकाको महिला बास्केटबल टोलीले फ्रान्सलाई हराउँदै स्वर्ण जितेको हो ।

योसँगै अमेरिका र चीनले समान ४०–४० स्वर्ण जितेका छन् । ओलम्पिक इतिहासमा पहिलोपटक दुई देशले बराबरी स्वर्ण जितेका हुन् ।

अमेरिका ४० स्वर्ण, ४४ रजत र ४२ कास्यसहित कुल १२६ पदक शीर्ष स्थानमा रहँदा चीन २७ रजत र २४ कास्य सहित कुल ९१ पदक सहित दोस्रो स्थानमा रहेको छ ।

पदक तालिकामा जापान २० स्वर्ण, १२ रजत र १३ कास्यसहित तेस्रो स्थानमा रहँदा चौथो स्थानमा रहेको अष्ट्रेलियाले १८ स्वर्ण १९ रजत, १६ कास्य जितेको छ ।

त्यस्तै फ्रान्सले १६ र नेदरल्यान्डले १५ स्वर्ण जितेका छन् । यता दक्षिण एशियाली मुलुकमध्ये पाकिस्तानले मात्र स्वर्ण जित्न सक्यो । दक्षिण एशियाली मुलुकमध्ये पाकिस्तानले मात्र स्वर्ण जित्न सक्यो । भारतले १ रजत र ५ काँस्य पदक हात पार्न सफल भयो ।

Tags

छुटाउनु भयो कि ?