डेंगु सङ्क्रमणको बिरामी बढेपछि नियन्त्रणको प्रयास स्वरूप आँबुखैरेनीका गाउँपालिकाका चार विद्यालयहरू बन्द गरिएको छ । आँबुखैरेनी बजार र आसपासका क्षेत्रमा डेंगुका बिरामी बढ्दै गएकाले विद्यालय बन्द गरिएको आँबुखैरेनी गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख अगमराज उपाध्यायले जानकारी दिए ।
उपाध्यायका अनुसार वडा नम्बर ३ मा रहेका रामशाह माध्यमिक विद्यालय, मर्स्याङ्दी बालज्योती अङ्ग्रेजी बोडिङ स्कुल, बाल शिक्षा सदन बोर्डिङ स्कुल र नवबुद्ध अङ्ग्रेजी बोर्डिङ स्कुल अर्को सूचना जारी नभए सम्मको लागि बन्द गरिएको हो ।
आँबुखैरेनीमा मात्रै करिब ४५० जनामा सङ्क्रमण भएकोले लामखुट्टेले फुल पार्ने ठाउँमा ‘खोजौँ र नष्ट गरौँ’ भन्ने नारा सहित टोलटोल, बस्ती बस्तीमा अभियान सञ्चालन गरिएको उपाध्यायले जानकारी दिए ।